ब्राजिलमा पहिरोमा पुरिएर ज्यान गुमाउनेकाे सङ्ख्या ४२ पुग्याे

 फागुन २६, २०७६ सोमबार १३:३२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४२ पुगेको छ । 

उद्धारकर्मीहरुले जमिनमा माटाेमा पुरिएकाे अवस्थामा एक जना ३७ वर्षीय पुरुषकाे शव भेटिएपछि ज्यान गुमाउनेकाे सङ्ख्या ४२ पुगेकाे हाे ।  

उद्धारकर्मीका अनुसार पहिरोमा अन्य  रु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै सुरु भएको पहिरोले बगाएको थियो । 

गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया