२ पटक नकारात्मक ‘सर्किट ब्रेक’, मङ्गलबारको कारोबार स्थगित

 फागुन २७, २०७६ मंगलबार १३:४५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शेयर बजारमा मङ्गलबार दुई पटक नकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित भएको छ । दिउँसो १२ बजेर ३२ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि रोकिएको थियो । 

१ बजेर ११ मिनेटमा फेरि सुरु भएको कारोबार दुई मिनेटमै परिसूचक ६ प्रतिशत घटेपछि मङ्गलबारका लागि सबै कारोबार स्थगित गरिएको हो । पहिलो सर्किट ब्रेक लागेको समय १२ बजेर ३२ मिनेटसम्ममा नेप्से परिसूचक ७२ दशमलव ०३ अङ्कले घटेर १३ सय ६३ दशमलव ६६ अङ्कमा झरेको थियो ।

त्यसपछि १ बजेर १३ मिनेटसम्ममा नेप्से परिसूचक ८६ दशमलव ३९ अङ्क अर्थात् ६ दशमलव ०२ प्रतिशतले घटेको छ ।

मङ्गलबार सबै समूहको उपसूचक घटेकाे छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७६२ दशमलव ९२ अङ्कले घटेको छ । मङ्गलबार दिनभर एक अर्ब सात करोड रुपैयाँ बराबरका २७ लाख ३५ हजार कित्ता शेयर किनबच भएका छन् ।

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै आठ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

निको इन्स्याेरेन्स कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीका शेयर लगानीकर्ताले आज १० प्रतिशत गुमाएका छन् । 

बजार घटेको दिन पनि मङ्गलबार एनआईबीएल समृद्धि फण्डका शेयर लगानीकर्ताले झण्डै ४ प्रतिशत कमाएका छन् । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया