माेरङकाे प्लास्टिक उद्याेगमा आगलागी

 फागुन २८, २०७६ बुधबार ७:१५:१४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – बुढीगङ्गा गाउँपालिकामा रहेकाे शिवम् प्लास्टिक उद्याेगमा आगलागी भएकाे छ । गाउँपालिकाकाे वडा नम्बर २ बाँसबारीमा रहेकाे उद्योगमा आगलागी भएको  हाे ।

बिहान तीन बजेदेखि लागेकाे आगाे दुई घण्टापछि नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट उद्योगकाे दुई वटा प्लान्ट, फेब्रिक उत्पादन गर्ने मेसिन १० वटा, दाना, प्लान्टकाे प्यानल जलेर नस्ट भएकाे उद्योगका व्यवस्थापक मालचन्द मुन्दडाले बतानउनुभयाे ।

मुन्दडाका अनुसार मुख्य प्लान्ट पड्किएर आगाे लागेकाे हाे । उद्योगले २४ घण्टा नै प्लास्टिकका बाेरा उत्पादन गर्दै आएकाे छ । उद्याेगले दैनिक २२ देखि २५ टन बाेरा उत्पादन गर्दै आएकाे छ । 

आगलागीबाट कति क्षति भएकाे छ भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया