विश्व मिर्गाैला दिवस : वर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्न डाक्टरको सुझाव

 फागुन २९, २०७६ बिहिबार १४:१३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्व मिर्गौला दिवस  विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज मनाईँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।

वर्षमा एक पटक मात्रै भए पनि पिसाब र स्वास्थ्यको जाँच गराए मिर्गौलालाई जोगाउन सकिने डाक्टरले बताएका छन् । यस्तै, मिर्गौलालाई स्वस्थ राख्न, स्वस्थ र सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, कम्तीमा दस हजार पाइला हिँड्न, फलफूल एवं आवश्यक मात्रामा पानी पिउन पर्ने र बेलाबेला जाँच गर्नुपर्ने डाक्टरको सुझाव छ । 

विश्व स्वाथ्य सङ्गठनको तथ्याङ्कअनुसार औसतमा १० प्रतिशत नागरिकलाई मिर्गाैलाको समस्या देखिएको छ । तथ्याङ्कलाई आधार मान्दा नेपालमा ३० लाख जनालाई मिर्गौलाको समस्या रहेको मिर्गाैला विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले बताउनुभयो ।

मिर्गौलाले पिसाब बनाउनुका साथै रगत शुद्धीकरण गर्ने, शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ । तर मृगौलामा खराबी आउँदा यस्ता प्रक्रियामा समस्या आउछ । 

झण्डै तीन लाख मानिसलाई आफ्नाे मिर्गौला बिग्रेको थाहा नै नहुने मिर्गौला रोग विषेशज्ञले बताएका छन् । आनीबानी र खानपानका साथै जीवनशैली स्वस्थकर नहुँदा मिर्गौला बिग्रनेको संख्या बढेको उनीहरुको भनाइ छ । 

खुट्टा सुन्निने, बिहान उठ्दा आँखाको डिल सुन्निने, पिसाब धमिलो आउने र राति सुतिसकेपछि पनि पटक–पटक पिसाब लाग्नुजस्ता मिर्गौला बिग्रिनुका लक्षणहरु हुन् । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया