वैदेशिक लगानी प्रतिबद्धता २ खर्बको, भित्रियो १२ अर्ब मात्रै

 फागुन २९, २०७६ बिहिबार १६:३६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता तीन सय प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । वैदेशिक लगानी भने प्रतिबद्धताअनुसार भित्रिन सकेको छैन । 
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात साउनदेखि पुससम्ममा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३ सय १५ प्रतिशतले बढेको छ । 

गएको ६ महिनामा १ खर्ब ९० अर्ब ३६ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये लगानी बोर्डमार्फत १ खर्ब ६२ अर्ब ३७ करोड र उद्योग विभागमार्फत २७ अर्ब ९८ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

तर यस अवधिमा लगानी भने १२ अर्ब २० करोड रुपैयाँ मात्रै प्राप्त भएको छ । गएको आर्थिक वर्षको पहिलो ६ महिनामा ४५ अर्ब ८३ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो । 

तर त्यस अवधिमा मात्र ४ अर्ब ३६ करोड रुपैयाँ लगानी प्राप्त आएको थियो । गएको आर्थिक वर्षमा जम्मा १३ अर्ब ७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया