प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : दुई जनाबाहेक अरुलाई भेट्न दिइएन

 फागुन २९, २०७६ बिहिबार १८:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मिर्गाैला प्रत्यारोपण गरिएको ९ औं दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ जनाबाहेक अरुलाई भेट्न दिइएको छैन ।

मिर्गाैला दान दिने समीक्षा सङ्ग्रौला र प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यबाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । 

यसैबीच प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाे अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको उहाँले बताउनुभयो ।

गएकाे हप्ताको बुधबार मिर्गाैला प्रत्यारोपण गराउनुभएको ओलीले नियमित आहार लिइरहनुभएको छ । मिर्गाैला दान गर्ने सङ्ग्रौलालाई डिस्चार्ज गरिएपनि प्रधानमन्त्रीलाई कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया