चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चाेकको एक सय तीन वटा वडामध्ये अधिकांशमा इन्टरनेटको लाइन जडान गरिएको छैन । जडान गरिएका वडामा पनि राउटर मात्रै छन्, इन्टरनेट सेवा चल्दैन । यसैगरी स्वास्थ्य संस्था, विद्यालय र अन्य सरकारी कार्यालयमा पनि इन्टरनेट सेवा छैन ।
सिन्धुपाल्चाेककाे सदरमुकाम चौतारा र आसपासका अधिकांश विद्यालयमा इन्टरनेट सुविधा छैन । नेपाल दूरसञ्चार प्राधिकरणले दाबी गरेजस्तो निःशुल्क इन्टरनेट सेवा उपलब्ध नभएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले निःशुल्क इन्टरनेट प्रभावकारी नभएको बताउनुभयो । भोटेकोशी, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी र पाँचपोखरी थाम्पाल गाउँपालिकामा इन्टरनेट सुविधा जडान नै गरिएको छैन । गाउँपालिका कार्यालय, वडा र केही माध्यमिक विद्यालयले आफ्नै खर्चमा इन्टरनेट सञ्चालन गरेका छन् ।
बाह्रबिसे नगरपालिकाको विद्यालय, स्वास्थ्य चौकी र अन्य सरकारी कार्यालयमा इन्टरनेटको राउटर जडान भए पनि टावरका कारण सिग्नल नै आउँदैन । ती सरकारी कार्यालयलाई आवश्यक पर्दा बाह्रबिसे बजारमा आएर निजी इन्टरनेटबाट काम गर्नुपर्ने अवस्था छ ।
दूरसञ्चार प्राधिकरण बाह्रबिसेले लिसङ्खुपाखर गाउँपालिकाको सबै सरकारी कार्यालय र विद्यालयलाई सीडीएमएको इन्टरनेट जडान गरिदिएको छ । तर निकै सुस्त भएकाले दिनभर चलाउँदा पनि एउटा फाइल डाउनलोड हुँदैन ।
मेलम्ची नगर, जुगल र इन्द्रावती गाउँपालिकामा दुई वर्षअघि जडान गरिएका इन्टरनेटका राउटर काम नलाग्ने भएका छन् । 'सूचना केन्द्र स्थापनाका लागि दूरसञ्चार प्राधिकरणसँग एक वर्षदेखि अनुरोध गरेको छु । तर आजसम्म कुनै सेवा प्राप्त भएन', गाउँपालिका महासङ्घका महासचिवसमेत रहनुभएका इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताउनुभयोे ।
हेलम्बु गाउँपालिकामा टावर आउने ठाउँमा सबै सरकारी कार्यालय र विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध रहेको अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो ।
निःशुल्क इन्टरनेट सेवाबारे सोधपुछ गर्दा नेपाल दूरसञ्चार प्राधिकरण महसुल काउण्टर शाखा चौताराका प्रमुख तेजकृष्ण श्रेष्ठले यसबारे केही थाहा नभएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।