हङकङ र लाओससँगको फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा
बैशाख १५, २०८२ सोमबार
काठमाण्डाै – सांसदहरूले काठमाण्डाैमा प्रदर्शनरत शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद भएकाे भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने बताए । साथै विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेर शिक्षकहरू घाइते भएको घटनाप्रति भर्त्सना गर्दै ऐन बनाएर उनीहरूको जायज माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले शिक्षकहरूको विरोध प्रदर्शनले बालबालिका विद्यालय शिक्षा पाउनबाट वञ्चित भइरहेको भन्दै चाँडो शिक्षकहरूलाई विद्यालय फिर्ता पठाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले शिक्षकहरूमाथि भएको दमन, पानीको फोहोरा र कुटपिटजन्य घटना दुःखद रहेको भन्दै उनीहरूको माग पूरा गर्न सरकारसमक्ष माग गर्नुभयो ।
नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले शिक्षकहरूमाथिको दमन ठीक नभएको भन्दै विद्यालय शिक्षा ऐनको प्रगतिबारे संसद्लाई जानकारी गराउन माग गर्नुभयो ।
यस्तै नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले शिक्षकहरूमाथि दमन गरेकोमा विरोध गर्दै समस्या चाँडो समाधान गर्न आग्रह गर्नुभयो । शिक्षक आन्दोलनका क्रममा हिजो प्रहरीसँग झडप भएको थियो ।
शिक्षकहरूले आज २७औं दिन पनि काठमाण्डाैमा प्रदर्शन गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।