जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
पाँचथर – भ्रूण हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङ धरौटीमा रिहा भएका छन् ।
पाँचथर जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले अध्यक्ष चेम्जोङलाई ५५ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।
कुम्मायक गाउँपालिका ५ का रमेश खड्कासँगको प्रेम विवाहपछि बसेको २१ हप्ताको गर्भ पतनका लागि अध्यक्ष चेम्जोङले दबाब दिएको भन्दै अध्यक्ष चेम्जोङसहित सात जनाविरुद्ध स्थानीय एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
भ्रूण हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना स्वास्थ्यकर्मी यसअघि नै ८०÷८० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।
फरार रहेका अध्यक्ष चेम्जोङसहित अन्य प्रतिवादीका नाममा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । बिहीबार अदालतमा हाजिर हुन आउनुभएका अध्यक्ष चेम्जोङको बयान र कानुन व्यवसायीको बहसपछि अदालतले उहाँलाई धरौटीमा रिहा गरेको हो ।
गाँउपालिका अध्यक्षको दबाबमा गएको पुस २६ गते भ्रूण हत्या गराइएको भन्दै माघ २२ गते पीडितले जाहेरी दिएकी थिइन् ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।