स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
बेलायती विमान कम्पनी, ब्रिटिस एअरवेजले कोरोना भाइरसको प्रकोपका कारण सिर्जित पछिल्लो परिस्थितिलाई देखाउँदै कम्पनीले कर्मचारीको कटौती गर्न लागेको छ ।
विश्वव्यापी समस्याका रूपमा देखा परेको नयाँ कोरोना भाइरस सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार ८४ पुगेको छ भने यसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच हजार ११७ पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमण सुरूमा चीन र पछि विश्वभर फैलिएको अवस्थामा यसको प्रभाव विश्व अर्थतन्त्रमा समेत पर्न थालेको छ ।
ब्रिटिस एअरवेजका प्रमुख कार्यकारी अलेक्स क्रुजले शुक्रबार भन्नुभयो, ‘कोरोना भाइरसको प्रकोपका कारण विश्वव्यापीरूपमा नै हवाई यात्राको मागमा कमी आएकोले कम्पनीले कर्मचारी घटाएर भएपनि कम्पनीलाई सङ्कटका समयमा टिकाउनका लागि कर्मचारी कटौतीको विकल्प देखिएन ।’
उहाँले आन्तिरिक छलफलमा प्रस्तुत लिखित प्रस्तावमा भन्नुभयो, ‘प्रस्ट भन्नुपर्दा परिवर्तित परिस्थितिमा हामीले हाम्रो वर्तमान कर्मचारी सङ्ख्या र रोजगारीका अवसरलाई छोटो समय वा कोरोना भाइरसको सङ्क्रमण लामो भएमा लामौ समय नै पनि गुमाउने अवस्था देखिएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।