स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ - इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार ज्यान गुमाउनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेकोमा बढेर सो सङ्ख्या नाघेको हो ।
त्यस्तै सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय ६४ पुगेको छ जसमध्ये तीन हजार ५ सय २९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएकाे इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अकबर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ ।
मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ । इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्तिमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।
इजरायलमा १४३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरबका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ ।
कुवेतमा कुल १०० जना बिरामी भएका छन् । लेवनानमा थप ६ सहित कुल ७७ जना बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि सङ्क्रमित भए पनि संख्या भने थोरै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।