ग्राहक बनेर मन्त्रीले नुन किन्न खोज्दा ...

 चैत १, २०७६ शनिबार १४:४२:४ | रासस
unn.prixa.net

कास्की - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबार साँझ पोखराका डिपार्टमेन्टल स्टोर्सको आकस्मिक अनुगमन गर्नुभएको छ । कोरोना भाइरस सङ्क्रमणको त्रास देखाएर ग्यास, खाद्यान्न, लत्ताकपडामा कालोबजारी गर्ने तथा कृत्रिम अभाव सिर्जना हुन थालेकाे भन्दै उहाँले बजार अनुगमन गर्नुभएकाे हाे । 

अनुगमनका क्रममा पोखरा-४ चिप्लेढुङ्गामा रहेको यादव स्टोर्सले प्रतिकेजी २० रुपैयाँ खुद्रा मूल्यको नुन २५ मा बेचेको पाएपछि मन्त्री भट्टले कारबाही गर्न निर्देशन दिनुभयो । 

मन्त्री भट्ट ग्राहक बनेर स्टोर्समा गई नुनको मूल्य सोध्नुभएको थियो । मन्त्रीका निजी सचिव वीरेन्द्र बस्नेतले भन्नुभयो ‘हामी पोखरामा डिर्पाटमेन्टल स्टोर्स, पसल र औषधि पसललगायतको अनुगमनमा छौँ । शुक्रबार केही पसलमा अनुगमन गर्‍यौँ । केहीमा खुद्रा मूल्यभन्दा बढी लिएको समेत पाइयो ।’

बढी मूल्य लिनेलाई कारबाहीका लागि वाणिज्यको टोली पठाइसकिएको उहाँले बताउनुभयाे । पर्यटकीय सहर पोखराको पर्यटन व्यवसायको अवस्था, बजारको चहलपहल तथा बजारको वस्तुस्थितिका बारेमा जानकारी लिन मन्त्री भट्टसहितको टोली पोखरा आएको हो । 

साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक ब्रिजेशकुमार झाले कर्पोरेशनसँग अहिले कम्तीमा १० महिना पुग्ने नुन मौज्दात रहेकाेले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयाे ।  

‘देशभर मासिक १६ हजार मेट्रिक टन नुन खपत हुन्छ । हामीसँग अहिले एक लाख ५५ हजार ३०० मेट्रिक टन नुन मौज्दात छ । मौज्दात नुन आउँदाे १० महिनासम्म नुन पर्याप्त हुन्छ ।  आत्तिनु पर्दैन' प्रबन्धक झाले भन्नुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • DIPAK KHADKA

    March 16, 2020, 8:08 p.m.

    सबै तिर त त्यही छ मंत्री ज्यू !!

  •  0 Reply
  • Tulsi bhusal

    March 15, 2020, 7:27 a.m.

    बजारमा सबैतिर २५ रूपयाँमै नुन बिक्री भइरहेको छ । खुद्रा मूल्य २० रूपैयाँ लेखिए पनि त्यतिमा कसैले दिँदैनन् ।

  •  0 Reply
  • bibek bhattarai

    March 15, 2020, 7:02 a.m.

    अनि यो कालाबजारी भएको छ भनेर उजुरी कहा गर्ने होला जिग्यासा कपिलवस्तु जिल्लामा महामारी भै सक्यो

  •  0 Reply
  • सुवास

    March 15, 2020, 4:15 a.m.

    धेरै राम्रो काम सलुट छ सर तपाईलाइ सबै कुरामा धेेरेै ठाउमा यस्तो लापरबाही छ समयमै सबैमा ध्यान जाहोस कोहि मालामाल भइरहेका छ्न अनि कोहि लुटिहेको लुटिहै

  •  0 Reply
  • Tekendra

    March 14, 2020, 3:22 p.m.

    बजारमा सबैतिर २५ रूपयाँमै नुन बिक्री भइरहेको छ । खुद्रा मूल्य २० रूपैयाँ लेखिए पनि त्यतिमा कसैले दिँदैनन् । सरकारले तत्कालै यसबारे केही गरे राम्रै हुन्थ्यो कि !

  •  0 Reply

तपाईको प्रतिक्रिया