नेपालमा डेङ्गीको लक्षण देखा पर्याे, ३६ जनामा सङ्क्रमण

 चैत १, २०७६ शनिबार १५:८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा डेङ्गी रोगको लक्षण देखा परेको छ । पुसकाे दाेस्राे हप्तादेखि शुक्रबारसम्ममा ३६ जना डेङ्गीका बिरामी फेला परेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेङ्गीको सङ्क्रमण देखा परेको महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ अन्तर्गत झापामा १, मोरङमा ३ र सुनसरीमा २ गरी ६ जना  डेङ्गीको बिरामी फेला परेका हुन् । 

यस्तै वाग्मती प्रदेश अन्तर्गत नुवाकोटमा १, काठमाण्डौमा ३, ललितपुरमा ३, रामेछापमा १ र मकवानपुरमा १ गरी ९ जनामा डेङ्गीको लक्षण भेटिएको छ । गण्डकी प्रदेशको गोरखामा १, म्याग्दीमा १, कास्कीमा २ र नवलपरासी सुस्ता पूर्वमा १ गरी ५ र प्रदेश ५ मा नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देहीमा ११, कपिलवस्तुमा १ र बाँकेमा १ गरी १४ जना डेङ्गीकाका बिरामी भेटिएका छन् । 

सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेलधुरामा १ र कैलालीमा १ गरी २ जना बिरामी भेटिएका छन् । मौसम परिवर्तनसँगै नेपालमा डेङ्गीका बिरामी भेटिएको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया