अस्पतालबाट बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीसँग प्रचण्डको पहिलो भेट

 चैत १, २०७६ शनिबार १५:३६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्री ओली त्रि.वि. शिक्षण अस्पतालबाट १२ दिनपछि शुक्रबार बेलुका बालुवाटार फर्किनुभएको थियो ।  

चिकित्सकहरुको टोलीले फागुन २१ गते प्रधानमन्त्री ओलीमा मिर्गौला प्रत्यारोपण गरेको थियो । प्रचण्डले भेट्नुभएको केही समयपछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

यसअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट गर्नुभएको थियो । 

शुक्रबारको भेटमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथामबारे चासो राख्नुभएको थियो । त्यस अवसरमा ओलीले आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएकोले आफ्ना कामहरुलाई अघि बढाउने बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया