दूषित तरल र सतहमा काेराेना भाइरस लामाे समय बाँच्ने

 चैत २, २०७६ आइतबार ६:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस (कोभिड-१९) दूषित तरल र सतहकाे माध्यमबाट सर्ने एक अध्ययनले देखाएकाे छ । हावामा थुप्रै घण्टा र प्लाष्टिक तथा स्टीलमा तीन दिनसम्म बाँच्न सक्ने काेराेना सतह र तरलबाट समेत फैलिने अध्ययनले देखाएकाे हाे । 

कोरोना भाइरसकाे माहामारी सतहबाट फैलिएको प्रमाण भने अध्ययनले नदिएको प्रतिवेदन सार्वजनिक गर्ने पत्रिका 'द साइन्टिस्ट'ले जनाएको छ । अध्ययनकाे प्रतिवेदनले कोभिड-१९ लामो समय बाँच्न सक्ने देखाएको छ ।

नजिकै खोक्दा तथा हाछ्युँ गर्दा काेराेना सर्ने भन्दै सचेतना अपनाइरहेको अवस्थामा दूषित तरल र सतहबाट समेत बच्नुपर्ने अध्ययनमा संलग्न नेल्तेजे भ्यान डोरेमालेनले बताएका छन । 

अध्ययनकर्ताहरुले सार्स अर्थात कोभिड-२ र कोभिड-१९ भाइरसलाई तुलना गर्दै यसको फैलने अवस्थाका बारेमा अध्ययन गरेका थिए । अध्ययनकर्ताहरुले भने  दूषित तरल र सतहकाे कारण कोभिड-१९ सर्ने संभावना ० दशमलव ११ देखि एक प्रतिशत रहेकाे बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया