कोरोनाको सङ्क्रमण पैसाबाट समेत सर्ने खतरा : विश्व स्वास्थ्य संगठन

 चैत २, २०७६ आइतबार ८:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण पैसाबाट समेत सर्ने खतरा भएकोले सजगता अपनाउन बिश्व स्वास्थ्य संगठन डब्लुएचओले आग्रह गरेको छ । 

यसअघि देखिएका विभिन्न सङ्क्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्ने भएकाले ख्याल गर्न संगठनले आग्रह गरेको छ । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि चीनमा गएको फागुनमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ठूलो परिमाणमा नोट नष्ट गरिएको थियो । 

यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना धेरै भएको पुष्टि गरिसकेको छ । न्यूयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार पैसामा पनि सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ ।

डाक्टरहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई हप्तासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया