अमेरिकी डलरसहित अरु विदेशी मुद्राको विनिमय दर थाहा पाउनुहोस्

 चैत २, २०७६ आइतबार १०:११:११ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा तोकेको छ । 

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०९ रुपैयाँ ३१ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा तोकेको छ । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ०८ पैसा तोकेको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया