हिमालय एअरलाइन्सको दमाम उडान बन्द, टिकटको पैसा फिर्ता लिन आग्रह

 चैत २, २०७६ आइतबार ११:५७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - हिमालय एअरलाइन्सले साउदी अरेवियाको दमाम उडान स्थगित गरेको छ । कोरोना भाइरसको कारण साउदी सरकारले दुई हप्ताको लागि साउदी अरब प्रवेशमा रोक लगाएकाले उडान बन्द गरिएको हिमालय एअरलाइन्सले जनाएको छ । 

दमाम उडान मार्च १५ देखि २५ तारिखसम्म र दमाम-काठमाण्डौ उडान मार्च १६ देखि २९ तारिखसम्म स्थगित गरिएको हिमालय एअरलाइन्सले जनाएकाे छ

साथै, कतारको दोहाको लागि टिकट लिएका यात्रुलाई पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको छ । 

मार्च ९ तारिखपछिको उडानका लागि टिकट लिएका यात्रुलाई सम्बन्धित ट्राभल कम्पनीबाट टिकटको पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको हो ।कोरोना भाइरस अर्थात कोभिड १९ को प्रकोप रोकथामको लागि कतारले मार्च ९ तारिखदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । 

यात्रुले अतिरिक्त शुल्क नतिरी यात्राको मिति भने परिवर्तन गर्न पाउने एअरलाइन्सले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया