ट्रम्पलाई काेराेनाकाे सङ्क्रमण देखिएन : ह्वाइट हाउसका डाक्टर

 चैत २, २०७६ आइतबार १२:४४:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नदेखिएको ह्वाइट हाउसका डाक्टरले बताएका छन् । 

‘शनिबार साँझ मैले प्राप्त गरेको रिपोर्टमा ट्रम्पमा कोरोनाको सङ्क्रमण नभएको पाएँ’, सेन कोनलेले शनिबार एक बयानमा भने ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो फ्लोरिडा रिसोर्टमा ब्राजिलका एक प्रतिनिधिमण्डलसँगको बैठकमा भेटघाट गरेको केही दिनपछि परीक्षण गरिएको थियो, जसमध्ये केहीमा भाइरसको सङ्क्रमण देखिएको थियो । 

बाज्रिलका राष्ट्रपतिका सहयोगी पाबियो वाजेनगार्टनसहित केहीमा कोरोना भाइरसको सङ्क्रमण पाइएको थियो । 

‘मार–ए–लागोमा बाज्रिलका प्रतिनिधिमण्डलसँग रात्रिभोजमा सहभागी भएको एक हप्तापछि राष्ट्रपति ट्रम्पमा कोरोना सङ्क्रमण नदेखिएको हो’, कोनलेले भने ।    

७३ वर्षीय ट्रम्प ब्रजिलका प्रतिनिधिमण्डलसँगको भेटपछि कोरोनाको सङ्केत नदेखिएको भन्दै उनी आइसोलेशनमा बसेका थिएनन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया