अफगानिस्तानमा एकैपटक दुई जनाले कसरी राष्ट्रपतिको शपथ लिए ?

 चैत २, २०७६ आइतबार १६:०:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अफगानिस्तानमा गएको सोमबार एकैदिन दुई व्यक्तिले राष्ट्रपति पदका लागि शपथ ग्रहण गरे । नवनिर्वाति राष्ट्रपति डाक्टर अशरफ घानीले आफ्नो पदको शपथ लिइरहँदा उनका राजनीतिक विरोधी अब्दुल्लाह अब्दुल्लाहले पनि राष्ट्रपति पदको शपथ लिए । 

दुवै जनाले सामाजिक सञ्जाल ट्विटरमा ‘सदर इस्लामी जम्हूरिया अफगानिस्तान’ पनि लेखेका थिए । 

गएको पछिल्लो ४० दिनमा पहिलो पटक अफगानिस्तानी नागरिक शान्तिका नजिकै पुग्न लाग्दा राजधानी काबुलमा यस्तो राजनीतिक अस्थिरता देखिएको हो । 

भर्खरै अमेरिका र तालिबानबीच कतारको दोहामा शान्ति सम्झौतामा हस्ताक्षरपछि अफगानिस्तानको आन्तरिक वार्ता गर्नका लागि १० मार्चसम्मको दिन तय गरिएको थियो । तर यो राजनीतिक अस्थिरताको कारण वार्ताको दोस्रो चरण हुन सकेन । 

चुनाव आयोगको घोषणाअनुसार अशरफ घानीले राष्ट्रपति चुनाव जित्दै विभिन्न देशका राजदूत, नेटो युरोपेली सङ्घ र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुका बीच उनले शपथ लिए । 

तर इरान, रुस र टर्कीका राजदूत शपथ ग्रहण समारोहमा उपस्थित नभएको अफगानिस्तानी पत्रकार हारुन नजीफी जादाले बताए । 

अर्काेतर्फ काबुलमा बीबीसीका संवाददाता इब्राहिम साफीका अनुसार डाक्टर अब्दुल्लाह अब्दुल्लाहको शपथ ग्रहण समारोहमा उनले कुनै देशका राजदूतलाई देखेनन् । 

अब्दुल्लाह अब्दुल्लाहलाई शपथ लिनबाट घानीले किन रोक्न सकेनन् ?

यद्यपि अफगानिस्तानका नागरिक वर्तमान राजनीतिक अस्थिरता लिएर निकै चिन्तित छन् । घानीले अब्दुल्लाहको शपथ ग्रहण किन रोक्न सकेनन् भनेर प्रश्न पनि उठेको छ । के उनी कानुनभन्दा माथि छन् ? भनेर प्रश्न उठेको थियो । 

अफगानिस्तानी पत्रकार समी यूसुफजईका अनुसार गएको ९ मार्चमा भएको यी दुई नेताको शपथ ग्रहण समारोहलाई अफगानिस्तानको इतिहासको एक कालो दिन भएको बताइएको छ । 

यो शपथ ग्रहणलाई लिएर मुश्किल परिस्थिति सिर्जना भएको बताइएको छ । नेता अब्दुल्लाहको शपथ ग्रहण रोक्न नसक्ने सरकारले के गर्न सक्छ भनेर आलोचना भएको छ । 

तर काबुलमा रहेका पत्रकार तथा विश्लेषक ताहिर जलान्द यो राजनीतिक अस्थिरता केही दिनको लागि भएको बताउँछन् । 

उनी भन्छन्, ‘यो तनाव केही दिनको वार्तापछि समाप्त हुन सक्छ ।’

आफ्नो शपथ ग्रहणमा कुनै देशका राजदूत उपस्थित नहुनुलाई अब्दुल्लाहले आफ्नो पक्षमा कुनै देश नरहेको बुझेको बताइएको छ । 

अब अब्दुल्लाहले अशरफ घानीको सरकारलाई आफूलाई केही देओस् भन्नका लागि प्रयास गर्नुपर्ने विश्लेषकहरु बताउँछन् । 

अफगानिस्तानले अहिले भोगिरहेको राजनीतिक सङ्कट सन् २०१४ को राष्ट्रपति चुनावपछि पनि भोगेको थियो । 

त्यस समय अब्दुल्लाहले आफ्नो हार स्वीकारेका थिएनन् र उन तत्कालीन अमेरिकी विदेश मन्त्री जोन केरीको मध्यस्तापछि नेशनल युनिटी गभर्नमेन्छ बनाए, जसमा अब्दुल्लाहलाई प्रमुख कार्यकारीको पद दिइएको थियो । 

अफगानिस्तानमा शान्तिको लागि एक बलियो र सङ्गठित आवाज उठ्नुपर्ने बेलामा यस्तो राजनीतिक सङ्कट आएको हो पत्रकार तथा विश्लेषक ताहिर खान बताउँछन् । 

अफगानिस्तानमा आज पनि ‘वार लर्ड्स’ (इलाकाका सबैभन्दा शक्तिशाली व्यक्तिहरु) अस्तित्वमा छन्, जसले सरकारलाई चुनौती दिइरहेका छन् । 

पर्यवेक्षकका अनुसार अफगानिस्तानमा वर्तमान राजनीतिक सङ्कट बढ्नु भनेको त्यसको नकारात्मक प्रभावमा छिमेकी देश पनि पर्नु हो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया