इटलीमा कोरोना : ज्यान गुमाउनेको सङ्ख्या १४ सय ४१, सङ्क्रमित हुने २१ हजार नाघे

 चैत २, २०७६ आइतबार १९:२८:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट चीनपछि इटलीमा सबैभन्दा धेरै जनाको ज्यान गएको छ । 

इटलीका अधिकारीहरुका अनुसार अहिलेसम्म भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ४१ पुगेको छ । त्यस्तै २१ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण पाइएको छ । 

सिभिल प्रोटेक्शन डिपार्टमेन्टका अनुसार इटलीमा पछिल्ला दिनमा कोरोनाको सङ्क्रमणमा वृद्धि भएको छ । त्यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । 

सङ्क्रमितमध्ये झण्डै दुई हजार जना उपचारपछि घर फर्किएका छन् । एक हजार पाँच सय जना भाइरसको सङ्क्रमणबाट गम्भीर छन् । 

इटलीका उपस्वास्थ्य मन्त्री पियरपोलो सिलेरीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको थियो । भाइरसबाट इटलीका अधिकारीहरु पनि सङ्क्रमित भएका छन् । 

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिलेसम्म एक सय ५० भन्दा बढी देशमा पुगिसकेको छ । विश्वभरि एक लाख ५९ हजारभन्दा बढीमा सङ्क्रमण पाइएको छ भने झण्डै ७६ हजार जना उपचारपछि घर फर्किएका छन् । 

चीनमा कोरोना भाइरस नियन्त्रणतर्फ जाँदै गर्दा चीनबाहिर फैलिँदै जानु चिन्ताको विषय बनेको छ । सङ्क्रमणबाट बच्न विभिन्न देशले विभिन्न रणनीति अपनाइरहेका छन् ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया