पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – पछिल्लो समय अस्थिर रहँदै आएको शेयर बजार परिसूचक नेप्से साेमबार भने सामान्य बढेको छ ।
आइतबार ६४ अङ्कले घटेको नेप्से साेमबार ३ दशमलव ३५ अङ्कले बढेर १३ सय १६ दशमलव ३९ बिन्दुमा पुगेको छ । कारोबार भएको साढे दुई घण्टासम्म ओरालो लागेको नेप्से त्यसपछि भने सुधार हुँदै गएको थियो ।
साेमबार होटल, उत्पादन र साझेदारी काेष समूहको शेयर सामान्य घटे पनि अरु समूहको शेयर सामान्य उकालो लागेको छ । त्यस्तै जीवन बीमा समूहको शेयर ४८, निर्जीवन बीमा समूहको शेयर ५३ अङ्क र माइक्रोफाइनान्स समूहको शेयर २३ अङ्कले बढ्यो ।
साेमबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै झण्डै ६ प्रतिशत गुमाएका छन् ।
नेप्से बढे पनि साेमबार कारोबार रकम भने घटेको छ । आइतबार दुई अर्ब १० करोड रुपैयाँको शेयर किनबेच भएकोमा साेमबार एक सय ८० कम्पनीका एक अर्ब ६१ करोड रुपैयाँ बराबरका ४१ लाख ९१ हजार कित्ता शेयरको कारोबार भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।