टिप्परकाे ठक्करबाट आमाछाेरीकाे ज्यान गएपछि पनाैतीमा झडप, प्रहरी र स्थानीय घाइते

 चैत ४, २०७६ मंगलबार ७:०:५१ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – पनौतीमा टिप्परकाे ठक्करबाट आमा र छोरीकाे ज्यान गएपछि झडप हुँदा प्रहरी र स्थानीय घाइते भएका छन् । 

प्रहरी र स्थानीयबीचकाे झडपमा गोली चल्दा नेपाल प्रहरीका दिलिप बुढाथोकीको देब्रे हातकाे पातोमा गोली लागेको छ । स्थानीय हर्कबहादुर लामा र शरदलाई गोलीको छर्रा लागेको छ ।

झडपमा घाइते भएका दुई जना प्रहरी र तीन जना स्थानीयको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गोली कसले चलायो अझै पत्ता लाग्न सकेको छैन । 

पनौतीमा बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा साेमबार खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएकाे थियो ।

आक्रोशित भिडले प्रहरी बिट जलाएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेकाे थियाे । ठक्कर दिने टिप्परका चालक रोशी गाउँपालिका ६ का नवराज थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया