गंगाजमुना गाउँपालिकाले विदेश जाने र फर्किनेको तथ्याँक संकलन गर्दै

 चैत ४, २०७६ मंगलबार १७:१४:३३

रामकुमार थापा/धादिङ ।

धादिङ – धादिङको गंगाजमुना गाउँपालिकाले पालिका भित्रबाट वैदेशिक रोजगारीमा जानेको तथ्याँक संकलन गर्ने भएको छ । 

सुरक्षित आप्रवासन सामी परियोजनाको प्राविधिक सहयोग र गंगाजमुना गाउँपालिकाको आर्थिक सहयोगमा पालिका भित्रबाट विदेश गएकाको तथ्याँक संकलन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीको कारण विभिन्न समस्याहरु आएको भन्दै अध्यक्ष अधिकारीले सुरक्षित वैदेशिक रोजगारीको लागि विदेश जानेको तथ्याँक संकलन गर्न लागिएको बताउनुभयो । 

विदेश जानेहरु समस्यामा पर्ने, भनेअनुसारको तलब नपाउने, विदशमै हराउने र स्वदेशमा फर्किएकाको पनि तथ्याँक नहुँदा समस्या भएकाले यस्ता समस्या कम गर्न गाउँपालिकाले नै तथ्याँक राख्ने अध्यक्ष अधिकारीको भनाई छ ।

तथ्याँक संकलनका लागि दुई दिने अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिएको छ । वैशाखको १५ गतेभित्र सक्नेगरी तथ्याँक संकलन गरिनेछ । तथ्याँक संकलन गर्दा विदेशमा गएका परिवारका संख्या, कुन देशमा काम गर्ने, समस्या भए नभएको के हो, फर्केका भए कति फर्केका, बेरोजगार युवाहरुको तथ्याँक तथा स्वरोजगारको समेत तथ्याँक संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत बिनोद रोकाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया