पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - नेपाली सेनाले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आन्तरिक तयारीलाई तीव्र पारेको छ ।
सेनाले आन्तरिक तयारीस्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकलाई तामिल दिएको छ ।
सेनाले १८१ जनालाई तालिम दिएको छ । सेनाले मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण गरेको छ । ९ वटा कलस्टरमा छुट्याएर प्रत्येक कलस्टरमा ६ वटा टेन्ट रहने र एउटा टेन्टमा २ वटा बेड हुनेगरी टेण्टहरु निर्माण गरिएकाे छ ।
उपत्यका बाहिरका सेनाका अस्पतालमा कार्यरत चिकित्सकलाई तालिम दिएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पोखरा, इटहरी र नेपालगञ्ज अस्पतालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २-२ जना गरी ३६ जना र ओपीडी हेर्ने १० जना चिकित्सकलाई तालिम दिइएकाे बताउनुभयाे ।
प्रवक्ता पाण्डेले वीरेन्द्र अस्पतालमा १० तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा २-२ वटा आइसोलेसन कक्षहरु स्थापना गरिएको बताउनुभयो । अबको २ दिनमा सेनाका प्रत्येक अस्पतालमा गरी ५२ वटा आइसोलेन बेडहरु हुने उहाँकाे भनाइ छ । कोरोना सङ्क्रमितको उपचार विधिबारे जानकारी दिन तालिमको आयोजना गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।