बच्चालाई जन्म दिएलगत्तै काेराेना सङ्क्रमित आमाको ज्यान गयाे

 चैत ८, २०७६ शनिबार १४:४१:५५ | रासस
unn.prixa.net

काठमाण्डौ - पोल्यान्डमा बच्चालाई जन्म दिएलगत्तै काेराेना सङ्क्रमित आामाकाे ज्यान गएको छ । नाम सार्वजनिक नगरिएकी ती २७ वर्षीया महिलासहित पोल्यान्डमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । 

उनी विश्वमै कोरोना सङ्क्रमण भएर कम उमेरमा ज्यान गुमाउने पहिलो महिला भएकी छिन् । ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरस सङ्क्रमण भएको मानिएको छ । 

उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट कोरोना सङ्क्रमण भएको मानिएको छ । पोल्यान्डका सञ्चार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया