माेटरसाइकल र ट्रक ठाेक्किँदा बाबुछाेराकाे ज्यान गयाे

 चैत ९, २०७६ आइतबार ९:५३:३८ | कपिल कोइराला
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काभ्रे – मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा काभ्रेमा बाबुछोराको ज्यान गएको छ ।  

दुर्घटनामा उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय मीनबहादुर श्रेष्ठ र उहाँको पाँच वर्षीय छोरा सुविनको ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनुभएकी मीनबहादुरकी श्रीमती सुनिताको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

आइतबार बिहान काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ मा बा ५७ प ८२८ नम्बरको मोटरसाइकल र बा ५ ख २३९० नम्बरको ट्रक आपसमा ठाेक्किएकाे थियाे ।  

ट्रक चालक रामेछापकाे खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठ र ट्रकधनी ललितपुर हात्तीवनका गङ्गा तिमल्सिनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया