कुवेतमा अनिश्चितकालीन कर्फ्यु

 चैत ९, २०७६ आइतबार १८:४२:२२ | राजकुमार बडुवाल

कोशराज राई, कुवेत ।

कुवेत – कोरोना भाइरसको जोखिमका कारण कुवेत सरकारले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ । २२ मार्च अथवा आइतबारदेखि प्रत्येक दिन बेलुकी पाँच बजेदेखि बिहान चार बजेसम्म कर्फ्यु लाग्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । कर्फ्युको पालना नगरेमा तीन वर्ष जेल र १० हजार कुवेती दिनार जरिबाना हुनेछ ।

कुवेतमा कार्यरत सबै नेपाली श्रमिकलाई यो समयमा बाहिर ननिस्कन र कर्फ्युक‍ो पालना गर्न दूतावासले आग्रह गरेको छ । यस्तै यसअघि कुवेतले सरकारी निकायदेखि निजी कम्पनीहरु २६ मार्चसम्म बन्द हुने निर्णय गरे पनि त्यसमा थप दुई हप्ता समय थपेको छ ।

कुवेतमा आइतबार बेलुकीसम्म १८८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । ७२ जना निको भएर घर फिरेका छन् भने १६१ जना अस्पतालमा उपचाररत छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया