'पर्साका एक व्यक्तिमा काेराेना सङ्क्रमण रहेकाे भन्ने तथ्य पुष्टि भएकाे छैन´

 चैत ९, २०७६ आइतबार २१:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पर्साको वीरगन्जका एक जनालाई कोरोना भाइरसको संक्रमण भएको भनिए पनि त्यो पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतको पटनामा कोरोना संक्रमित वीरगन्जका ६२ वर्षीय शिवकुमार रुङ्गटाको उपचार भइरहेको भनिए पनि अस्पतालले नै पुष्टि गरिनसकेको मन्त्रालयले जनाएको हो । मन्त्रालय स्रोतका अनुसार अहिलेसम्म यस विषयमा कुनै पनि आधिकारिक जानकारी आएको छैन, पटना अस्पतालसँग समन्वय भइरहेको छ, थप जानकारी आएपछि सार्वजनिक गरिनेछ । 

वीरगञ्जकाे पर्साका स्थानीय उनी गएकाे २२ फेब्रुअरीमा भारत गएर एक हप्तामा फर्किएकाे बुझिएकाे छ । मिर्गाैलाकाे समस्या भएका उनी भारतबाट फर्केलगत्तै स्थानीय अस्पतालमा नियमित परीक्षणका लागि जाँदा अस्पतालले उनलाई पटना अस्पतालमा रिफर गरेकाे थियाे ।

तीन दिन अघि बिहीबार उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण भए नभएको परीक्षण गरिएको र विस्तृत रिपोर्ट आउन दुई/तीन दिन लाग्ने परिवारजनकाे भनाइ छ ।

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया