इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र न्युक्यासल विजयी
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - कोरोनाको माहामारी विश्वव्यापी बन्दैछ । संक्रमण फैलिएका देशहरुमा व्यवस्थापनको काममा हम्मेहम्मे भैरहेको छ भने संक्रमण नफैलिएका देशहरुमा पनि मनोवैज्ञानिक त्रास धेरै बढेको छ ।
दैनिक कामहरु प्रभावित भएका छन् । आम्दानीका श्रोतहरु गुम्ने तथा घट्ने र समग्र अर्थतन्त्रमा धक्का पुग्ने चिन्ताहरु थपिएका छन् । तर यी सबै चुनौतीका बावजुद पनि कोरोना भाइरस मानिसको नियन्त्रणमा आउने थुप्रै आधारहरु देखिएका छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा कोरोना भाइरस के हो भन्ने कुरा हामीलाई थाहा छ । पहिलो केस देखिएको एक हप्तामै यो भाइरसको पहिचान भएको हो । कोरोनाविरुद्धका खोपहरु बनिरहेका छन् ।
संभावित खोपको पहिलो मानव परीक्षण सुरु भैसकेको छ । अबको एक वर्षसम्म हामीमाझ प्रभावकारी उपाय नहुन सक्छ, तर संसारभर कम्तीमा आठ समूहले खोप बनाउन काम गरिरहेका बीबीसीले जनाएको छ । कोरोनाको संक्रमण भैसकेपछि पनि बाँच्ने दर उच्च छ ।
अनुमानित ७० प्रतिशत संक्रमितहरु सञ्चो भैसकेका र ८० प्रतिशत जति संक्रमितहरुमा सामान्य लक्षण मात्र देखा परेका विभिन्न अध्ययनका आधारमा बीबीसी लगायत अन्तराष्ट्रिय संचारमाध्ययमहरुले जनाइरहेका छन् ।
संक्रमण सुरु भएको चीनमा अहिले नयाँ संक्रमण र ज्यान गुमाउनेको संख्या एकदमै थोरैमा सीमित भैसकेको छ । पछिल्लो विवरण अनुसार अब चीनमा पाँच हजारभन्दा केही बढी संक्रमित मात्र उपचार गराइरहेका छन् ।
दक्षिण कोरियामा पनि नयाँ संक्रमण घटिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसलाई नियन्त्रणमा लिन सकिन्छ । भाइरस नियन्त्रणमा लिन तत्काल उपाय अपनाएका देशहरुले संक्रमण व्यापक हुने कार्यलाई ढिला गराउन सफल भैरहेका छन् ।
कोरोना फैलन नदिन आम नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । अहिलेका लागि हात सफा राख्नु सबैभन्दा शक्तिशाली उपाय हो र संक्रमण रोक्न व्यक्ति÷व्यक्ति बीचको दुरी राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।