सरकारी कोषलाई नेपाल बैंक र बसन्त चौधरी फाउन्डेसनको एक/एक करोड सहयोग

 चैत १०, २०७६ सोमबार १३:२८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले खडा गरेको कोषमा निजी क्षेत्रको सहयोग आउने क्रम सुरु भएको छ ।

आइतबार सरकारले खडा गरेको ५० करोड रुपैयाँको कोषमा नेपाल बैंक लिमिटेडले १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रुपैयाँ दिने निर्णय गरिएको बैंकले जनाएको छ । 

यस्तै नर्भिक बसन्त चौधरी फाउन्डेसनले पनि सरकारको कोषलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । फाउन्डेसनका प्रमुख बसन्त चौधरीले ट्वीटमार्फत ५० लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँको अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराउने जानकारी दिनुभएको छ ।

 मन्त्रिपरिषदको आइतबारको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि कोष बनाउने र त्यसमा सबै मन्त्रीले एक महिनाको तलव दिने निर्णय गरेको थियो ।


 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया