विश्वमा भइरहेका सबै युद्ध रोक्न राष्ट्रसंघको आग्रह

 चैत ११, २०७६ मंगलबार १४:१२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संयुक्त राष्ट्रसंघले विश्वमा भइरहेका सबै युद्ध रोक्न आह्वान गरेको छ । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसको प्रकोपसँग जुध्न सबै किसिमका युद्ध रोक्न आह्वान गर्नुभएको हो । अहिलेको अवस्था राष्ट्रसंघको ईतिहासकै खराब स्वास्थ्य संकट भएको बताउँदै अहिलेको जोखिमसँग लड्न तत्काल सबै युद्ध रोक्न आवश्यक भएको गुटरेजले बताउनुभयो । 

युद्धमा महिला र बालबालिका, अशक्त मानिस, सीमान्तकृत र विस्थापितहरू बढी समस्यामा पर्ने गरेको र कोरोना भाइरसबाट पनि यिनै वर्ग धेरै जोखिममा रहेको उहाँको भनाइ छ । 

युद्ध भैरहेका ठाउँमा स्वास्थ्य प्रणालीहरु अस्तव्यस्त हुने र त्यस्ता ठाउँमा कोरोनाको संक्रमणले खराब स्थिति ल्याउने चेतवानी दिँदै महासचिव गुटरेजले तत्काल  युद्ध नरोके खराब स्थितिको सामना गर्नुपर्ने चेतवानीसमेत दिनुभयो । 

उहाँले भाइरसको क्रोधले युद्धको मूर्खतालाई चित्रण गरेको उल्लेख गर्दै यो समय सशस्त्र संघर्षलाई लकडाउनमा राखेर मानवीय जीवनको साँचो लडाइँमा ध्यान केन्दृत गर्ने समय भएको बताउनुभयो । 

उहाँले विश्वका नेताहरुलाई तत्काल संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान पनि गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया