'लकडाउन' उल्लङ्घन गर्नेलाई उठबस !

 चैत १२, २०७६ बुधबार १६:३८:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले दाङको घोराहीमा एक जनालाई कारबाही स्वरुप उठबस गराएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न सरकारले गरेको लकडाउनको दोस्रो दिन प्रहरीले घोराही उपमहानगरपालिका १५ को मिलनचोकमा एक जनालाई उठबस गराएको हो । 

लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले कारबाही गर्न थालेपछि बुधबार दाङका घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुबाङलगायतका बजारहरु सुनसान देखिएका छन् ।

लकडाउनको पहिलो दिन प्रहरीले आदेश उल्लङ्घन गर्ने सवारीसाधन नियन्त्रणमा लिएको थियो । लकडाउनको दोस्रो दिन प्रहरीले प्रशासनको अनुमतिबिना सडकमा निस्किए सवारीसाधनसँगै पैदलयात्रीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएपछि कुनै सवारीसाधन चल्न सकेका छैनन् । अत्यावश्यक बाहेक अन्य सवारीसाधन तथा मानिसहरु हिँडडुल गरेका छैनन् ।

लकडाउनको पहिलो दिनको तुलनामा दोस्रो दिन सुनसान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया