खुम्बु क्षेत्रमा तीन सयभन्दा बढी पदयात्री अलपत्र

 चैत १२, २०७६ बुधबार २०:४५:२३ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु : सगरमाथा पदयात्राका लागि खुम्बु क्षेत्र आएका तीन सयभन्दा बढी पदयात्री अलपत्र परेका छन्  ।

खुम्बु क्षेत्र भ्रमणका लागि आएका पर्यटकहरु कोरोना भाइरसको सतर्कताका लागि सरकारले अकस्मात देश लकडाउन गर्दा अलपत्र परेका हुन् । लुक्लामा मात्र ११९ जना विदेशी पदयात्री अलपत्र परेको पर्यटक पथप्रर्दशक रमेश तामाङले जानकारी दिनुभयो । उनीहरु सुरक्षित रुपमा फर्किन पाउने प्रतीक्षामा रहेको तामाङको भनाइछ । लुक्लाभन्दा माथिनि दुई सयको हाराहारीमा पर्यटक अलपत्र परेको बुझिएको छ।

पर्वतारोहणको सिजन भएकाले यो समयामा हजारौं पर्यटक सगरमाथा आधार शिविरसम्म पदयात्रामा निस्कन्छन् । तर, यो वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मुख्य पर्यटकीय सिजन प्रभावित बनेको छ ।

गाउँपालिकाले अलपत्र परेकाहरुको उद्धारको पहल भइरहेको जनाएको छ । गाउँपालिकाका प्रव लाक्पा छिरि शेर्पाले उद्धारका लागि पहल भइरहे पनि गृहबाट अनुमतिको प्रतीक्षामा रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय उडान नै बन्द रहेको अवस्थामा पर्यटकलाई काठमाडौ पुर्याउँदैमा समस्याको समाधान नहुने उहाँको तर्क छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया