साबुन पानीले हात धोएर मात्र गाउँ छिर्न पाइने

 चैत १४, २०७६ शुक्रबार १४:३५:५६ | बाबुराम देवकोटा

काठमाण्डाै - सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारका युवाले साबुन पानीले हात धोएर मात्र गाँउ छिर्न पाइने नियम बनाएका छन् ।

अहिले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरे पनि गाउँमा आउने पाहुनालाई हात धोएर मात्र छिर्न पाउने नियम बनाएको कुसुम युवा क्लबले जनाएको छ ।

कुसुम युवा क्लबले कुसुमटार प्रवेशद्धार झोरखोलामा ५ सय लिटरको ड्रममा धारा बनाएर साबुन पानीले हात धोएर मात्रै गाउँमा छिर्ने व्यवस्था गरेको छ । गाउँका कोही पनि बाहिरबाट गाउँमा छिर्दा र नयाँ कोही व्यक्ति गाउँमा आएमा साबुन पानीले हात धोएर मात्रै छिर्न आग्रह गरिएको क्लबका सदस्य सुबास थिङले जानकारी दिनुभयो ।

‘साबुन पानीले हात धुँदा कोरोना भाइरसबाट बच्न मद्धत पुग्ने भएकाले साबुन पानीले हात धोएर मात्रै गाउँमा छिर्न दिने व्यवस्था गरिएको हो’, थिङले भन्नुभयो, ‘आफू बाँचे संसार देख्न पाइने भएकाले गाँउको ठाँउठाँउमा साबुन पानीले हात धुने व्यवस्था मिलाएका छौं ।’

अन्तिम अपडेट: चैत १४, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया