भिसाको अवधि सकिएकालाई यूएईले तीन महिनाको भिसा थप गरिदिने, घुम्न गएकाले पनि भिसाको म्याद थप्न सक्ने

 चैत १८, २०७६ मंगलबार १९:३:२६ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएईले मार्च १ भन्दापछि यूएईको आवासीय भिसा सकिएकालाई तीन महिना थपिदिने भएको छ । सोमबार यूएईको मन्त्रीपरिषदले मार्च १ पछि यूएईको आवासीय भिसा सकिनेलाई निःशुल्क तीन महिना अवधिको भिसा नवीकरण गर्नेनिर्णय गरेको हो ।

कोरोना भाइरसको कारण उत्पन्न परिस्थितीले भिसाको अवधि सकिएर पनि स्वदेश फर्कन नपाएकाको सुरक्षा र स्वास्थ्यका लागि यो निर्णय गरिएको स्थानीय सञ्चारमाध्यम गल्फ न्युजले उल्लेख गरेको छ ।

यस्तै, यूएई घुम्न गएका तर कोरोनाको जोखिमका कारण स्वदेश फर्कन नपाउनेले भिसा थप गर्न पाउने भएका छन् । भिजिट या टुरिस्ट भिसामा यूएई गएकाले त्यहाँको कानुन अनुसार कुनै पनि टुर एण्ड ट्राभल एजेन्सीमार्फत भिसा थप गर्न सक्ने गल्फ न्युजले खबर लेखेको छ ।

तर यो अबधिमा जसले आफ्नो भिसा थप्दैनन् उनीहरुले प्रत्येक दिनको ओभरस्टे वापतको रकम तिर्नुपर्ने हुन्छ । भिसा अवधिभन्दा बढी अथवा ओभरस्टे भएर बसेमा प्रत्येक दिन बराबर दुई सय दिर्हाम जरिबाना लाग्नेछ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया