कुवेतमा भिसा सम्बन्धी सेवा अनलाइनमार्फत लिने व्यवस्था

 चैत २५, २०७६ मंगलबार १६:२६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेत सरकारले भिसा सम्बन्धी सम्पूर्ण काम अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरेको छ । आफ्नो नाम सच्याउनेदेखि भिसा नवीकरणको कामसम्म कुवेतको गृह मन्त्रालयको वेवसाइट www.moi.gov.kw मार्फत गर्न सकिने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

पुरानो पासपोर्टमा रहेको आवासीय भिसा नयाँ राहदानीमा सार्न, कुवेतको आवासीय भिसामा रहेको नाम थर आफ्नो राहदानीमा भएको अंग्रेजी नामथर बमोजिम सच्याउन, पारिवारिक भिसा नवीकरण गर्न, व्यक्ति स्वयं स्पोन्सर रहेको आवासीय भिसा नवीकरण अनलाइनमार्फत गर्न सकिन्छ ।

भिसा नवीकरणका सन्दर्भमा भने मार्च १ भन्दा पछि अवधि सकिएकाले मात्र यसरी अनलाइनमार्फत सेवा लिन सक्नेछन् ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया