स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
बाग्लङ – कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ ।
सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका ५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका ४ का वडाध्यक्ष जीतबहादुर खत्री लगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवत जावत गरेको पाइएमा पाँच हजार रुपैयाँ जरिबाना सहित १४ दिनसम्म क्वरेण्टीनमा राख्ने निर्णय गरेको हो ।
मङ्गला र ताराखोला गाउँपालिकाले दुई वटै पालिका जोड्ने देउरालीको सिमाना आवत जावत गर्नेलाई क्वरेण्टीन र पाँच हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको र त्यो निर्णय मङ्गलबारदेखि नै कार्यान्वयन गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
बैठकले गोरेटो र मोटर बाटोमा आवत जावत गर्न नदिने, निर्णयको अवज्ञा गरी लुकिछिपी हिँड्नेलाई आफ्नै खर्चमा १४ दिन क्वरेण्टीनमा बसाउनुका साथै पाँच हजार जरिबाना गरिने मङ्गला गाउँपालिकाका योजना शाखाका सिजन रोकाले बताउनुभयो ।
बागलुङतर्फबाट विभिन्न नाकाबाट पैदल हुँदै म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।