विराटनगरको कोशी अञ्चल अस्पतालबाट कोरोना परीक्षण हुने

 चैत २७, २०७६ बिहिबार १९:२१:१४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा शुक्रबारदेखि कोरोना परीक्षण सुरु हुने भएको छ। 

कोरोना परीक्षणको लागि किट उपलब्ध गराएपछि कोशी अञ्चल अपस्पतालबाट कोरोनाको परीक्षण सुरु हुन लागेको हो ।

परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट किटसहित काठमाण्डौको वीर अस्पतालबाट प्रविधि विज्ञसहित बिहीबार विराटनर गएपछि  त्यसको पूर्वतयारीको काम सुरु भएको छ । शुक्रबारदेखि भने कोशी अञ्चल अस्पतालबाट परीक्षण हुने प्रदेशिक  प्रयोगशालाका निमित्त प्रमुुख जयबेन्द्र यादवले जानकारी दिनुभयो ।

तत्काल परीक्षण सुरु गर्नको लागि ६ सयको परीक्षण गर्न मिल्नेगरी रिएजेन्ट किट र ५० थान पीपीई सामग्रीहरु कोशी अस्पतालमा ल्याएको वीर अस्पतालका जेनेरल साइन्टिस्ट बलराम गौतमले जानकारी दिनुभयो ।

यसैबीच, प्रदेश सरकारले पनि र्यापिड कोरोना परीक्षणको काम सुरु गर्ने भएको छ । झापाको भद्रपुरबाट नेपाली शेनाले निर्माण गरेको क्वारेन्टिनबाट रगतको माध्यामबाट कोरोनाको नमूना परीक्षण सुरु हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भयो ।

प्रदेश १ का ४ हजार बढी क्वरेण्टीनमा रहेका सबैको र  वैदेशिक रोजगारीबाट फर्किएकाहरुको नमु परीक्षणको तयारी भइरहेको मन्त्री घिमिरेले बताउनु भयो ।

उहाँका अनुसार प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट यसअघि भइरहेकोे परीक्षणले निरन्तरता पाउने र कोशी अञ्चल अस्पतालबाट पनि परीक्षणको काम सुरु हुनेछ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया