बहराइनमा नेपाली दूतावासको कन्सुलर सेवा बन्द

 चैत २७, २०७६ बिहिबार १८:५४:९ | उज्यालो सहकर्मी

काठमाण्डौ – बहराइनमा रहेको नेपाली दूतावासले कन्सुलर सेवा बन्द गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि १२ अप्रिलदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि कन्सुलर सेवा बन्द गरिएको दूतावासले जनाएको छ ।

अर्को सूचना जारी नहुँदासम्मका लागि पासपोर्टको म्याद सकिन लागेको भएमा, पाना सकिएमा वा हराएमा दूतावासबाट नयाँ पासपोर्ट र यात्रा अनुमती जारी हुने छैन ।

तर अत्यावश्यक सेवा लिन परेमा दूतावासमा अग्रिम समय लिएर एक जना मात्र स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिनको १ बजेसम्ममा दूतावासमा गएर सेवा लिन सकिनेछ । कुनै पनि सेवा लिनका लागि दूतावासको कार्यालयसम्म जान नपर्ने र त्यसका लागि फोन वा इमेलमार्फत सेवा लिन सकिने पनि दूतावासले जनाएको छ।

बहराइन सरकारले पनि सरकारी तथा निजी शैक्षिक संस्थाहरु बन्द गर्नुका साथै सरकारी सेवाहरु सकेसम्म अनलाइनमार्फत उपलब्ध गराएको छ । अत्यावश्यक सेवाका लागि हटलाइनको व्यवस्था गरिएको छ । सार्वजनिक स्थानमा जाँदा अनिवार्य रुपमा मास्क गर्न र भिडभाड नगर्न पनि दूतावासले अनुरोध गरेको छ ।

बहराइनमा अहिलेसम्म २२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण भएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया