भारतको दिल्लीमा ९ सय जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

 चैत ३०, २०७६ आइतबार १०:१७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतको दिल्लीमा मात्रै ९ सय भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ८ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएकोमा दिल्लीमा मात्रै ९ सय ३ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै महाराष्ट्रमा १७ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तामिलनाडु, राजस्थान, मध्य प्रदेश र तेलंगनामा धेरै सङ्क्रमित रहेका विभागले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ७३ जनाको ज्यान गएको छ भने ७ सय १६ जना उपचारपछि निको भएका छन् ।

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया