बुधबारसम्मकाे अवस्था हेरेर 'लकडाउन' थप्ने कि नथप्ने निर्णय गर्छाैँ : प्रधानमन्त्री ओली

 वैशाख १, २०७७ सोमबार ११:४८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा नथप्ने निर्णय गर्ने बताउनुभएको छ । 

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले बुधबारसम्म लकडाउन गर्ने यसअघिकै निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै मङ्गलबार र बुधबार हुने प्रगतिको आधारमा कोरोना महामारीविरुद्धको नीति तय हुने बताउनुभएको हो । 

लकडाउन बढाए पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिइने उहाँले सङ्केत गर्नुभएको छ । कोरोनाको सङ्क्रमणबाट जोगिन व्यक्तिगत दुरी आवश्यक रहेकाले लकडाउन गरिएको पनि उहाँले बताउनुभयो । 

यस्तै उहाँले कोरोना नभएका व्यक्तिलाई जोगिने शक्ति तथा सङ्क्रमण भएकाले निको होस् भन्ने कामना पनि गर्नुभएको छ । कोरोना रोकथाम गर्ने खोप या निको पार्ने औषधी अझै आविस्कार नभएकाले लकडाउन पालना गर्नु नै बच्ने एकमात्र उपाय भएको उहाँको भनाइ छ ।

विश्वका विभिन्न देशमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १७ लाखभन्दा धेरै सङ्क्रमित भएको अवस्थामा नेपालमा प्रति १० लाख शून्य दशमलव ३ प्रतिशतमा मात्रै सङ्क्रमण हुनु लकडाउनका कारण मात्र सम्भव भएको प्रधानमन्त्री ओलीको दाबी छ । 

नेपालमा अहिलेसम्म १३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाेमा एक जना उपचारपछि निकाे भएर घर फर्किसकेका छन् भने बाँकी १२ जनाकाे उपचार भइरहेकाे छ । 

 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया