नतिजा आएको सात वर्षपछि त्रिविका कर्मचारीको परिक्षफल रद्द
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरियामा गएका श्रमिकलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ ।
काेरियाको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ देशका प्रवासी श्रमिकलाई ५० दिनको भिसा थप हुने भएको हो ।
इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । याे नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ तर अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५०० प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ ।
यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।