सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु

 बैशाख ३, २०७७ बुधबार १३:५८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ । 

सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका दुई जनामा मंगलबार कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएपछि त्यस अपार्टमेन्टमा रहेकाहरुको परीक्षण थालिएको हो ।

ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडीटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर विधिबाट गरिएको परीक्षणमा २ जनाको कोरोना पुष्टि भइसकेको छ । बुधबार ब्लक ‘ए’ मा रहेका ९० परिवारका २ सय ४३ जनाको परीक्षण थालिएको हो ।

गएको चैत ८ गते सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा सङ्क्रमित परिवारका एक सदस्यले सहभागिता जनाएकाले अपार्टमेन्टमा रहेका सबैको परीक्षण थालिएको हो । सनसिटी अपार्टमेन्टमा रहेका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया