फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
कैलाली - सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको संख्या बढेपछि काठमाण्डौबाट ३३ जना चिकित्सकको टोली आउने भएको छ ।
सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउनका संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम पठाउन लागेको हो ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संघीय मन्त्रालयमा यसबारे छलफल भइरहेको बताउँदै चिकित्सकको टोली धनगढी आउने तयारीमा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेषज्ञ डाक्टरको टोली आउन लागेको हो । संघीय स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाउने र सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताललगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने उहाँले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङख्या पाँच पुगिसकेको छ ।
![]() |
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।