नतिजा आएको सात वर्षपछि त्रिविका कर्मचारीको परिक्षफल रद्द
मंसिर ११, २०८१ मंगलबार
काभ्रेपलाञ्चोक - कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका सम्पूर्ण क्वरेण्टीन स्थल अहिले खाली भएका छन् । काभ्रेपलाञ्चोकको १३ पालिकामा व्यवस्थित गरिएका क्वरेण्टीन स्थल एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।
यसअघि धुलिखेल नगरपालिकामा गत हप्ता १० तथा मण्डनदेउपुर नगरपालिकामा रहेका क्वरेण्टीन स्थलमा विदेशबाट फर्किएका आठ जनालाई राखिएकामा सातलाई १४ दिन तथा एक जनालाई २२ दिनको बसाइपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको थियो ।
जिल्लाका मा व्यवस्थित गरिएका सबै क्वरेण्टीन स्थल हाल खाली अवस्थामा रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका आठबाहेक सबैलाई एकान्तवास होम क्वरेण्टीनमा राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तवासमै बसाइएको हो ।
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |
स्थानीय तहले हालसम्म २८८ शय्याको क्वरेण्टीन स्थल व्यवस्थित गरेका छन् । जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ शय्या तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ शय्या को क्वरेण्टीन स्थल व्यवस्थित गरिएको हो ।
धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच शय्याको आइसोलेसन कक्ष व्यवस्थित गरिएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
कार्यालयका अनुसार माघ महिनायता ४ सय ५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको हो । घर फर्किएकाको स्थानीय तहको समन्वयमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) भइरहेको छ ।
विदेशबाट घर फर्किएकामध्ये हालसम्म १८९ को आरडीटी भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।