फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - लकडाउनको अवधिमा पास लिएर गुड्ने गाडीले पासको दुरुपयोग गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता गाडीलाई कडाइ गर्ने भएको छ।
सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समयका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको हो ।
त्यस्ता गाडीलाई ट्राफिक प्रहरीले कडाइका साथ जाँच गर्ने ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताउनु भयो ।
उहाँका अनुसार अत्यावश्यक कामबाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अवस्था हेर्न त्यस्ता गाडीहरु गुडेको भेटिएका छन् ।
अब त्यस्ता गाडीलाई ट्राफिक प्रहरीले निगरानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने उहाँको भनाइ छ ।
यसैबीच अहिलेसम्म ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ हजार ९ सय ७४ गाडी होल्ड गरेको तथा १ हजार ८ सय ४६ वटा पासको दुरुपयोग गरी गुडेका गाडीको पास नियन्त्रणमा लिएको छ ।
त्यसैगरी लकडाउनको समयमा २१ जना जाँडरक्सी पिएर गाडी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाले जनाएको छ । उपत्यकमा दिनमा १ सय ५५ र रातमा ४५ ठाउँमा चेकप्वाइन्ट राखेर जाँचको व्यवस्था मिलाइएको छ ।
![]() |
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।