सर्लाहीमा क्वरेन्टीनमा बसेका ५२ जनाको रिपोर्ट 'नेगेटिभ'

 बैशाख ३, २०७७ बुधबार १६:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही - सर्लाहीका विभिन्न क्वरेन्टीनमा  बसेका ५२ जनाको कोरोनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ ।

हरिपुर नगरपलिकाको फरहथवाको क्वरेन्टीनमा बसेका २ जना र चन्द्रनगर गाउँपालिकाको क्वरेन्टीनमा बसेका ५० जना गरी ५२ जनाको रिपोर्ट नेगेटिभ आएको हो। 

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले क्वरेन्टीनमा बसेका उनीहरु ५२ जनाको  सोमबार र मंगलबार र्‍यापिड टेस्ट गरिएको जानकारी दिनुभयो । 

क्वरेन्टीनमा बसेका बाँकी ३८ जनाको पनि क्रमश: परीक्षण गर्दै जाने प्रजिअ जीसीले जानकारी दिनुभयो । विदेशबाट आएका र कोभिड-१९ संक्रमणको शंका लागेकालाई राख्न जिल्लाका २० पालिकाले ३७ ठाउँमा ३८३ शय्या क्षमताको क्वरेन्टीन बनाएका छन्। 

क्वरेन्टीनमा अहिले भारत र अन्य देशबाट फर्किएका ९१ जना नागरिक बसिरहेका छन् । क्वरेन्टीन बस्ने धेरैजसो चोर बाटो प्रयोग गरी भारतबाट नेपाल फर्किएकाहरु रहेका छन् ।  

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया