फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा स्वयंसेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयंसेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, मन्त्रालयका सह-सचिव डा.गुणराज लोहनी र शिक्षा मन्त्रालयका दीपक शर्मा रहेका छन् ।
समितिले विभिन्न मेडिकल कलेजमा अध्ययन गरेका स्वयंसेवा गर्न इच्छुक चिकित्सक र नर्सको विवरण तयार पारेको हो । अहिलेसम्म स्वयंसेवी बन्न इच्छुक झन्डै दुई हजार १२ स्वास्थ्यकर्मीको सूची समितिले तयार पारेको आयोगका उपाध्यक्ष डा.गिरीले जानकारी दिनुभयो ।
तीमध्ये ५ सय २७ जना चिकित्सक र एक हजार ४८६ जना नर्स रहेका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट सय जना, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेज, नेपाल मेडिकल कलेज सिनामङ्गल, किष्ट मेडिकल कलेजबाट स्वयंसेवी बन्ने भएका छन् ।
यीसँगै काठमाण्डौ, मणिपाल मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज काठमाण्डौ, युनिभर्सल मेडिकल कलेज भैरहवा र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जबाट ५० जनाका दरले चिकित्सक परिचालन हुनेछन् ।
नोबेल मेडिकल कलेज विराटनगरबाट १५०, विराट मेडिकल कलेजबाट ११८, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेजले पनि सय जनाका दरले नर्स खटाउने भएका छन् ।
ती स्वास्थ्यकर्मीलाई प्रभावित ठाउँमा खटाइने तयारी गरिएको आयोगका उपाध्यक्ष डा. गिरीले बताउनुभयो । सरकारले विश्वव्यापी महामारी भएको कोभिड-१९ को रोकथाम गर्नका लागि जनशक्तिको सुनिश्चिताका लागि आवकाश प्राप्त र छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई समेत परिचालन गर्ने निर्णय गरेको थियो ।
ती जनशक्तिलाई स्वयंसेवी वा सेवा सुविधा दिएर कम्तीमा तीन महिनाका लागि खटाइनेछ । मन्त्रालयले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी काममा खटाइने छ ।
![]() |
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।