कपिलवस्तुमा ४ सय ८८ जनाको र्‍यापिड टेस्टको रिपोर्ट 'नेगेटिभ'

 वैशाख ३, २०७७ बुधबार १९:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु - कपिलवस्तुका १० ओटा पालिकामा निर्माण गरिएको क्वरेन्टीनमा राखिएका सबैको कोरोना सङ्क्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

 क्वरेन्टीनमा रहेका ३ सय ९४ जनाको र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनु भयो । 

गएको शनिबारबाट कपिलवस्तुमा र्‍यापिड  टेस्ट सुरु गरिएको हो ।  क्वरेन्टीनमा २ हप्ता बसेकाहरुबाट टेस्ट सुरु गरिएको थियो । 

कपिलवस्तु अस्पतालका ल्याब प्राविधिक संजीव सिंहले नेगेटिभ रिपोर्ट आएकाको स्वाबको नमुना संकलन गरी भैरहवा प्रयोगशालामा पीसीआरबाट थप परीक्षण गरिने जानकारी दिनुभयो । 

नेगेटिभ रिपोर्ट देखिएका सबैलाई थप एक हप्ता घरमा गएर सुरक्षित ढंगबाट बस्ने सल्लाह दिएर  क्वरेन्टीनबाट बिदा गरिएको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया